सुदूरपश्चिम प्रदेशमा इसाई धर्म मान्नेको संख्या ३७ हजार पाँच सय ४० पुग्यो

AgniSachi Media:
Pin Share

धनगढी । सुदूरपश्चिम प्रदेशमा इसाई धर्म मान्नेको संख्या ३७ हजार पाँच सय ४० पुगेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम प्रदेशमा इसाई धर्म मान्नेको संख्या ३७ हजार पाँच सय ४० पुगेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार २६ लाख ९४ हजार सात सय ८३ जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा इसाई धर्म मान्नेको संख्या ३७ हजार पाँच सय ४० पुगेको हो । इसाई धर्म मान्ने पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ ।

महिलाको जनसंख्या १४ लाख २१ हजार नौ सय ९७ रहेकोमा इसाई धर्म मान्ने महिलाको संख्या २० हजार दुई सय ९५ रहेको छ । त्यसैगरी पुरुषको जनसंख्या १२ लाख ७२ हजार सात सय ८६ रहेकोमा इसाई मान्ने पुरुषको संख्या १७ हजार दुई सय ४५ रहेको छ । त्यसैगरी हिन्दु धर्मावलम्बीको संख्या २६ लाख २५ हजार पाँच सय ७६ रहेको छ । त्यसैगरी बौद्ध धर्म मान्नेको संख्या २२ हजार पाँच सय ३६ रहेको छ । त्यसैगरी इस्लाम छ हजार नौ सय ८३, किरात दुई सय ५०, प्रकृति एक हजार पाँच सय ४०, बोन एक सय ९४, जेन ३०, बहाई एक सय ८० र सिख धर्म मान्ने ५४ जना रहेको तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ्, बैतडी, डडेल्धुरा, डोटी, अछाम र बाजुरामा बोन धर्मावलम्बी नरहेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम प्रदेशमा इसाई धर्म मान्नेको संख्या सबैभन्दा बढी कैलाली रहेको छ । कैलालीमा इसाई धर्म मान्नेको संख्या १८ हजार छ सय एक रहेको छ भने कञ्चनपुरमा १७ हजार चार सय ५४ रहेको छ । कैलालीमा हिन्दु धर्म मान्नेको संख्या आठ लाख ६७ हजार छ सय ८५ रहेको छ भने कञ्चनपुरमा चार लाख ९० हजार आठ सय २४ रहेको छ ।

त्यसैगरी बाजुरामा इसाई धर्म मान्ने संख्या ७५, बझाङमा एक सय ८२, दार्चुलामा एक सय २७, बैतडीमा ६२, डडेल्धुरामा तीन सय ५७, डोटीमा दुई सय ९५ र अछाममा तीन सय ८७ जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरी अछाम, डडेल्धुरा, दार्चुला र बझाङमा छ वटा धर्म मान्ने गरिएको छ भने बाजुरा र बैतडीमा पाँच वटा धर्म मान्ने गरिएको छ । त्यसैगरी डोटीमा आठ वटा धर्म मान्ने गरिएको तथ्याङकले देखाएको छ ।

 

Leave a Reply