छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता पौष ६ गतेदेखि आयोजना हुने

AgniSachi Media:
Pin Share

धनगढी- छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लबले धनगढीमा आज (बिहिवार) ट्रफी सार्वजनिक गर्दै पौष ६ गतेदेखि आयोजना हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा स्टार सिटी युवा क्लब धनगढी र पुर्नवास नगरपालिका खेलकुद विकास समिति बिच हुने क्लबका महासचिव ललित मिश्रले जानकारी दिएका छन् । प्रतियोगितालाई दुई चरणमा बिभाजन गरि खेलाइने महासचिव मिश्रले बताए ।

उनले समुह ए मा स्टार सिटी, पुर्नवास नगरपालिका खेलकुद विकास समिति, टेकवहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, भारतको सिएफसी क्लब कोलकाता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब रहेका छन्।

त्यस्तै समुह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ट्रफी संगै पाँच लाख र उपविजेताले दुई लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका महासचिव मिश्रले बताए ।

प्रतियोगिताको उदघाटन सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री माननीय झपट साउदले गर्ने तय भएको आयोजले जानकारी दिएको छ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् ।

सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालनमा झण्डै ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

Leave a Reply