गाजामा युद्धविरामको खबरसँगै खुसीको सास फेरे

AgniSachi Media:
Pin Share

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button

युद्धको त्रासका बीच बाँचिरहेका गाजाका नागरिकहरुले अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको युद्धविरामको खबरसँगै खुसीको सास फेरेका छन् । अमेरिकी राष्ट्रपति बाइडनले अर्को हप्ता युद्धविराम हुनसक्ने बताउनु भएको थियो । युद्ध रोकिने आशामा गाजापट्टीमा खुसीयाली छाएको हो । खुसीको खबरसँगै धेरैले विहानीको खाजा एक साथ खाने बताएका छन् ।

युद्धको समयमा रोटी किन्न हतारिने गाजाका एक पत्रकारले आज रोटी आफैं बनाउने निर्णय गरेको बताइन् । एउटा खबरले गाजाका मानिसको जीवनमा यति ठूलो खुसीयाली छाएको छ ।युद्ध रोकिने आशामा मानिसहरुले बजारभरी खानेकुरा खोज्न र आफ्ना बालबच्चालाई मनोरञ्जन दिने प्रयास गरेका छन् । साथै भीडभाडयुक्त अस्पतालमा काम गरेका छन् ।

इजरायल-गाजा युद्ध अक्टोबर ७ मा सुरु भएको हो । हमास बन्दुकधारीहरूले दक्षिणी इजरायलमा आक्रमण गरी १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारवाही स्वरुप गाजामा आक्रमण शुरु गरेको हो ।  आक्रमणमा परी गाजामा हालसम्म २९ हजार ८ सय प्यालेस्टायनीले ज्यान गुमाएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाल टेलिभिजन बाट

Leave a Reply