‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राविरुद्ध श्रीमतीमाथि कुटपिट गरेको आरोपमा मुद्दा दर्ता

AgniSachi Media:
Pin Share

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button
whatsapp sharing button
print sharing button

एजेन्सी । युट्युबर तथा ‘मोटिभेसनल स्पीकर’ विवेक बिन्द्राविरुद्ध नोएडा सेक्टर–१२६ पुलिस स्टेशनमा उनकी श्रीमतीमाथि कुटपिट गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

विवेक बिन्द्रा र यानिका (विवेक बिन्द्रा पत्नी)बीच यही महिना डिसेम्बर ६ मा विवाह भएको थियो । बिहेको भोलिपल्ट अर्थात डिसेम्बर ७ गते बिहान बिन्द्रा र उनकी आमा प्रभाबीच चर्को झगडा भएको थियो । यसै क्रममा यानिका हस्तक्षेप गर्न अगाडि आएपछि बिन्द्राले कुटपिट गरेको आरोप छ ।

यस कथित हमलामा यानिका घाइते भएकी छिन् । यानिकाको दिल्लीको एक निजी अस्पतालमा उपचार भइरहेको छ ।

उनका जेठाजु वैभवले १४ डिसेम्बरमा विवेक बिन्द्राविरुद्ध उजुरी दिएका थिए । तर नोएडा पुलिसले मुद्दा दर्ता भएपछि तत्काल कुनै कारबाही गरेन र अहिले आरोपी विवेक बिन्द्रा फरार छन् । उनको खोजी भइरहेको छ ।

एफआईआरका अनुसार बिन्द्राले कथित रूपमा यानिकालाई कोठाभित्र लगेर कपाल तानेर कुटपिट गरेका थिए । बिन्द्राले आफ्नो फोन पनि तोडेको आरोप छ । यानिकालाई यति हदसम्म कुटेको आरोप छ कि उनको कानको जाली समेत फुटेको छ । मुद्दा दर्ता भएपछि प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ ।

Leave a Reply