फारवेष्ट पशुपति कपः खेल तालिका सार्वजनिक, प्रतियोगिता अब पुस ६ गतेदेखि हुने

AgniSachi Media:
Pin Share

धनगढी- छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । पहिलो पटक एक साता सारिएको प्रतियोगिता आजदेखि हुने भनिएकोमा फेरि एक साता सरेको हो ।

आयोजक फारवेष्ट पशुपति युवा क्लबले यसअघि प्रतियोगिता मंसीर २२ गतेदेखि आयोजना गर्ने तयारी गरेकोमा प्रतियोगिता मंसीर २९ गतेका लागि सारेको थियो ।

फेरि एक साताका लागि प्राविधिक कारणले प्रतियोगिता सार्दै अज पुस ६ गतेदेखि आयोजना गर्ने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए ।

प्रतियोगिता एक सातका लागि सरेपनि आयोजकले खेल तालिका भने सार्वजनिक गरेको छ । प्रतियोगितामा सहभागी १५ टीमलाई दुई समुहमा विभाजन गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते स्टार सिटी युवा क्लब र पुर्नवास नगरपालिका खेलकुद विकास समिति खेल्नेछन् ।

समुह ए मा स्टार सिटी र पुर्नवास नगरपालिका खेलकुद विकास समिति सँगै टेकवहादुर चोखाल फाउण्डेसन, घोडाघोडी युवा क्लब, विएस १५ फुटबल एकेडेमी, एपिएफ ७ नम्बर वाहिनी, सिएफसी क्लब कोलकोत्ता र सुदुरपश्चिम ११ स्पोर्टस क्लब रहेका छन् ।

समुह बी मा ईलाईट युवा क्लब, अल स्टार्स एकेडेमी, वाईज युनियन लम्की, नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश, पुर्नवास युनाईटेड क्लब, ग्रीन सिटी क्लब र आयोजक फारवेष्ट पशुपति युवा क्लब रहेका छन् ।

Leave a Reply