एसइई आइडलमा टि.भि. पार्टनरमा बिटिभि

AgniSachi Media:
Pin Share

धनगढी । नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसईई आईडल–३ मा टेलीभिजन पार्टनरका रुपमा बाबा टेलीभिजन जोडिएको छ । बुधबार भएको सम्झैता अनुसार टेलिभिजन पार्टनरका रुपमा बाबा टेलीभिजन जोडीएको हो ।
एसईई आईडल आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश छेडाल र बाबा टेलीभिजनका प्रतिनिधि रमेश ऐडीले सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झैता अनुसार छिट्टै बाबा टेलीभिजनबाट हरेक दिन आइडलका नोट चरण( अडिसनका हरेक प्रतिस्पर्धीका नृत्य र गायनका भिडियोहरु प्रसारण हुने छन् । त्यसैगरी बाबा टेलीभिजनले एसईई आइडलको धनगढीमा हुने केही अडिसन, सेमिफाईनल र फाईनलको प्रत्यक्ष प्रसारण पनि गर्ने छ । एसईई आईडल सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरु आयोजना हुने अध्यक्ष छेडालले जानकारी गराए । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउने बताउदै उनले यस बर्षको असोज देखि फाल्गुण सम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला भरी अडिसन प्रतियोगिताहरु संचालन हुने बताए ।

नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउने जानकारी गराउदै उनले दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउने जानकारी गराए । उनका अनुसार फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्ने छन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश ५०–५० हजार र २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउने छन् ।

साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउने छन् । अडिसन स्थलहरुको खोजी भईरहेको बताउदै उनले प्रतियोगितामा सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयलाई सम्पर्क गर्न आग्रह गरेका छन । आयोजकले यस भन्दा पहिले पनि २ वटा संस्करणहरु आयोजना गरि सकेको छ भने यस संस्करणका अडिसनहरु पनि आयोजना भईरहेका छन् ।

 

Leave a Reply