अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ

AgniSachi Media:
Pin Share

बर्दिया, २० मंसिर । बढैयाताल गाउँपालिका–७ बाट १ जना र सोही गाउँपालिका–२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका–७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले २२ ग्राम ५ सय ६० मिलिग्राम उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी बढैयाताल गाउँपालिका–२ फुटाहाबाट पक्राउ पर्नेमा सोही गाउँपालिका–१ ठूलो डाँफे बस्ने २२ वर्षीय रवी रसाईली समेत ३ जना रहेका छन् । प्रदेश २–०३–०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले १ ग्राम ५ सय ३० मिलिग्राम उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका–१४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले नयाँपुलबाट एक जनाको साइकल खोसी लगेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त साइकल र पूर्ण तामाङको कोठाबाट उक्त गाँजा गरी दुवै जनालाई नियन्त्रणमा लएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply