बलात्कार पछि हत्या गरिएकी १७ वर्षीय बालिका रेजिनाका बुवा न्याय खोज्दै धनगढीमा

AgniSachi Media:
Pin Share

धनगढी । बलात्कार पछि हत्या गरिएकी बाजुराको बुढीगंङगा नगरपालीका वडा नम्बर १ की १७ वर्षीय बालिका रेजिनाका बुवा न्याय खोज्दै धनगढी आई पुगेका छन । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ डुंग्रीका बुधे सनाई र उनका ठुला बुवा सुरेन्द्र नेपाली १७ वर्षीय छोरी रेजिनाको बलात्कार पछि हत्या गरिएको घटनाका लागी न्याय माग्दै सोमबार धनगढी पुगेका हुन । गत पुस २ गते बिहान आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत भेटिएकी रेजिनाको बलात्कार पछि हत्या गरिएकोे भए पनि कर्तब्य ज्यान मुद्धा दर्ता नगरेको जिल्ल प्रहरी कार्यालय बाजुराले ३२ दिनमा जाहेरी सच्याउन लगाएर आत्म हत्या दुरुत्साहनमा मुद्धा दर्ता गरेको छ । सनाई दम्पती रोजगारीको शिलशिलामा भारत गएको १२ दिनमा घटना भएको मृतकका बुवा बुदे सनाईले जानकारी गराए ।

घरमा १४ वर्षीय छोरा राकेश नेपाली र १७ वर्षीय छोरी रेजिना मात्रै बस्दै आएको अबश्थामा गत पुस २ गते एका बिहानै छोरी रेजिना घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएको खबर सुने पछि परिवार सहित नेपाल आएका थिए । खबर सुने पछि हाँगाबाट खसे जस्तै भएका सनाई अहिले छोरीएको न्यायका लागी धनगढी पुगेका हुन । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का ४५ बर्षीय गाडी चालक अर्जुन रावतले छोरीको बलात्कारगरी हत्या गरेर झुण्ड्याएको बताए । मंसिर २९ गते गाउँकै दिदि नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने कुरा रेजीना लगायत उनका साथिहरुलाई बताएको उनले जानकारी गराए । आफुलाई पुर्याउन अनिवार्य जानुपर्ने अनुरोध बिपनाले गरे पनि मृतक रेजिनाले घरमा भाई एक्लै भएकाले आफू नजाने बताए पनि उनका साथीहरूले नमानेर घरमै गए पछि घरमा ताला लगाएर उनी गएको उनको बुवाले जानकारी गराए ।

\मृतक रेजिना नेपाली, जेसी नेपाली, बिनिता नेपाली र कविता नेपाली चार जना बिपनालाई घरदेखी पर सम्म छोड्ने योजना सहित घरबाट निस्किएको उनले जानकारी गराए । बिवाहका लागि बुक गरेको गाडी चालक अर्जुन रावतले फर्किदा ल्याएर घरमै पुर्याई दिने भने पछि अलि अगाडि सम्म भनेर गएका उनीहरु दुलाहको गाउँ सम्म गएको उनले बताए । दुलही पु¥याएर फर्किएको पाच मीनेट पछि चुक लीन भनेर अन्य तीन जना किशोरीलाई गाडी भित्रै राखेर मृतक रेजिनलाई सडक भन्दा तल लगेर बलात्कार गरिएको उनले जानकारी गराए । दुलाह दुलही छोड्न गएको राती बलात्कार गरेका रावतकै हातमा रेजिनाको सल छुटे पछि फेरि पुस १ गते राती रेजिना एकलै घरमा भएको मौका छोपी घरमै आएर बलात्कार गरेको र बलात्कार पछि छोरीको हत्या गरेर झुड्याइएको मृतक रेजिनाका बुवा बुधे सनाईले बताए ।

मृतक रेजीनाका ठुला बुवा सुरेन्द्र नेपालीले पोष्टमार्टमका लागि शव मार्तडी लिएकै बेला जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी लिएर पुस चार गते पुगेको बताउदै प्रहरीले जाहेरी लिन नमानेको बताए । जिल्ला प्रहरी कार्यालयले पोष्टमाटम रिपोर्ट र कल डिटेल आए पछि मात्रै जाहेरी दर्ता हुने बताउदै लगातार चार दिन सम्म जिल्ला प्रहरी कार्यालय जाँदा पनि रिपोर्ट आएको छैन, भनेर जाहेरी दर्ता नगरेको उनले जानकारी गराए । जाहेरी दर्ता गर्न अटेरी गर्दै आएको घटनाको ३२ दिन पछि मात्रै जाहेरी सच्याउन लगाएर प्रहरीले आत्म हत्या दुरुत्साहनमा जाहेरी दर्ता गरेको उनले सुनाए । सुरुमा बलात्कार गरेको र त्यसपछि थाहा पाउछन् भनेर मारेर झुण्ड्याइएको उनले बताए । बलात्कार पछि हत्या गरेर झुन्ड्याएको भन्दै न्यायका लागि जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुग्दा पटक पटक घर फर्काइएको उनले बताए ।

पोष्ट मार्टम रिपोर्ट नआए सम्म जाहेरी दर्ता नगर्ने अडान लिईरहेको प्रहरीले गत माघ ५ गते घटनाको ३२ दिन पछि मात्रै जाहेरी दर्ता गरेको उनले सुनाए । पोष्टमाटम रिपोर्टमा मृतक रेजिनाले आफैले आत्महत्या गरेको भनेर आएको प्रतिक्रिया प्रहरीले दिएको उनले सुनाए । पुष चार गते जाहेरी दिने तयारी गरेको बताउदै उनले शवको अबश्था हेर्दा छोरीको योनीबाट रगत बगेको पछाडी भागमा माटो लागेको,विर्य झरेको र गर्धनमा चोट लागेको बताए । तर प्रहरीले बिना प्रमाण कसरी जाहेरी दर्ता हुन्छ, अहिले गर्न मिल्दैन, पोष्ट माटम रिपोर्ट आउन दिनुस अनि मात्रै दर्ता हुन्छ भनेर पक्राउने गरेको उनले सुनाए । लास बुज्दैनौ भन्दा पनि जाहेरी जहिले पनि दर्ता गर्न पाईने बताउदै सव राखेर सडाउनु भन्दा बुझेर अन्त्यष्टि गर्न भन ेपछि सव बुझेर अन्त्येष्टि गरेको मृतकका ठुला बुवा सुरेन्द्र नेपालीले बताए ।

बोल्दिने मान्छे कोही नभएको बताउदै उनले प्रहरीले झुक्याएको बताए । मृतक रेजिनाका ठुलाबुवा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्साहनमा जाहेरी दिन मिल्छ सच्याएर आँउनुस भनेर प्रहरीले आफुले गर्न खोजेको जाहेरी नलिएको बताए । सुरु देखि दिन खोजेको जाहेरी नलिई अर्को जाहेरी प्रहरीले नै लेख्न लगाएको उनले बताए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले पोष्टमाटम रिपोर्टमा उनी आफैले आत्महत्या गरेको रिपोर्ट आए पछि आत्महत्या दुरुत्साहनमा जाहेरी दिन लगाएको बताएका छन् । आरोपित अर्जुन रावत फरार रहेकाले उनको खोजी कार्य भैरहेको प्रहरीले जानकारी गराएको छ । पोष्टमाटम रिपोर्ट नआए सम्म जाहेरी लिन नमानेको कुरा उनले स्वीकार गरेका छन् । प्रहरी निरीक्षक भण्डारीले पोष्टमाटम रिपोर्ट आए पछि मात्रै जाहेरी दर्ता गर्छौं भनेर पर्खाएको स्विकार गर्दै बलात्कार पछि मारेर झुण्ड्याएको भनेर जाहेरी दर्ता गर्न खोजीएको बताए ।

पोष्टमाटम रिपोर्ट आत्महत्या गरेको आए पछि आत्महत्या दुरुत्साहानमा लगेको उनले बताए । बलात्कार पछि हत्या भएको भन्ने कुरा नसच्याए सम्म जाहेरी दर्ता गर्न नमानेको मृतक रेजिनाका दाई मदन नेपालीले बताए । प्रहरीले आरोपितलाई संरक्षण गर्न खोजेको उनले बताए । पोष्टमाटम रिपोर्टमा समेत आफुहरुको असन्तुष्टि रहेको उनले बताए । झुन्डिएको अवस्थामा मृत भेटिएकी बहिनी रेजिनाको शरीरको पछाडीको भागमा माटो लागेको, कपाल गुज्मुज्जीएको, योनीबाट रगत बगेको प्रष्ट देखिएको उनले बताए । संबेदनसिल अङगहरु सुनिएको बताउदै उनले पोष्टमाटम रिपोर्टमा आफैले आत्महत्या गरेको आउनुमा संका उत्पन्न भएको बताए । चार गते देखि नै जाहेरी दर्ता गराउन खोज्दा जाहेरी लिन नमान्नु,पोष्ट माटम रिपोटमा समेत आफैले आत्महत्या गरेको आउनु जस्ता विषयले आरोपित अर्जुन रावतलाई बचाउनका लागी गरिएको षड्यन्त्रका रुपमा लिएको उनले बताए । प्रहरीले पहिला दर्ता गर्न खोजेको जाहेरी लिन नमानेर जाहेरी सच्याए पछी मात्रै लिन्छौं भन्नुको पछाडी थप शंका लागेको उनले बताए ।

आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि गाडी छोडेर फरार भएका छन् । आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासन देखी राजनीति दलका नेताहरु सक्रिय देखिएको नेपालीले बताएका छन् । राजनीति दलका नेताहरुले प्रहरीलाई दबाब दिएर जाहेरी लिन नमानेको पीडित सनिाईले बताए । अपराधिक पृष्ठभुमिका रावत यस अघि नाबालकलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा बसिसकेका व्यक्ति हुन् । प्रहरीले सुरु देखि घटनाबारे चाँसो नदेखाएको बताउदै उनले जिल्ला दलित नेट्वर्कको कार्यालयमा पुगेर घटनाबारे जानकारी गराए पछि सहयोग पाएको बताए । कानुन बारे जानकारी नभएका मृतकका बुवाको सोझो पनको फाईदा उठाएर प्रहरीले जाहेरी परिवर्तन गरेर मात्रै दर्ता गरेको प्रति दलित समुदाएको गम्भीर ध्यानाकर्षण भएको छ । प्रत्यक्षदर्शी मृतक रेजिनासंगै दुलाह दुलहीलाई छोड्न गएकी रेजिनाकी साथी जेसी नेपालीलाई बुझ्दा उनले अर्जुन रावतले नै बलात्कार पछि हत्या गरेको बताएकी छन् । मंसिर २९ गते गाउँकै दिदिले बिपना नेपालीले बिवाह जाने भनेको बताउदै उनले जान तयार भएको बताईन ।

मृतक रेजिनाको घरमा उनको भाई एक्लै भएकाले नजाने भन्दा भन्दै साथीहरूले नमाने पछि भाईलाई एक्लै छोडेर भागेर बिवाह गरेर गएकी बिपना सनाईलाई छोड्नसंगै गएको बताईन । आधी बाटो सम्म मात्रै जाने योजना भए पनि बिनिता नेपाली कविता नेपाली, र रेजिना नेपाली दुलाह दुलहीलाई पुर्याउन गएको उनले बताईन । मृतक रेजिनाले भाईलाई छोडेर जाँदैन भनेको उनले बताईन । दुलाह दुलहीका लागि खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का अर्जुन रावत गाडी चालक रहेको से १ ज ११८८ नम्बरको गाडी बुक गरिएको बताउदै उनले दुलहीलाई आधी बाटो सम्म छोड्न गएका चार जना गाडी चालकले म पछि फिर्ता आउँदा घरमै पुर्याईदिन्छु भनेपछि दुलाहको घर सुढाणा सम्मै गएको उनले बताईन । दुलाह दुलहीलाई छोडेर फर्किए पछि राति करिब २ बजेको समयमा फर्किदै गर्दा गाडी चालक अर्जुन रावतले चारै जनालाई सामुहिक टर्चर दिन थालेको उनले सुनाईन ।

अशलिन शब्द प्रयोग गर्ने, शरीरको संबेदनसिल अङगहरु छुने लगायतका हर्कत रावतले गर्नथालेको उनले सुनाईन । बुढीगंगा नगरपालिका वडा नम्बर १ को बिसौना भन्ने ठाउँमा गाडी रोकेर तीन जनालाई गाडीमै राखेर रावतले मृतक रेजिनालाई रोड भन्दा तल लगेर करिब २५ मिनेट पछि फर्किएको उनले सुनाईन । फर्किसके पछी मृतक रेजीना नेपाली र बिनिता नेपालीलाई पछाडी बसाएर अगाडि बसिरहेकी जेसी नेपाली र बिनिता नेपालीलाई समेत हातपात गरेको उनले सुनार्ईन । संबेदनसिल अङग छुने, तिमीहरूलाई घर जान दिदैन अब बल्दे लग्छु भन्दै टर्चर गर्न थालेको मृतक रेजिनाकी साथी जेसी नेपालीले फर्किदै गर्दाको घटनाबारे सुनाईन । फर्किदा ड्राइभरले जे मन लाग्यो त्यहीँ बोल्ने गर्थे, रेजिनालाई लगेर आधा घण्टा सम्म कहाँ गए थाहै भएन, झण्डै आधी घण्टा पछि मात्रै फर्किए, हाम्रो संबेदनसिल अङग छ्ुन्थे, बजार लिन्छु भने, हामीले जाँदैनौ भन्दा जबर्जस्त जानैपर्छ घर जान पाउदैनौ भन्थे उनले सुनाईन ।

अगाडी कविता र म बसिरहेका थियौँ, तलाई म छोड्दैन बल्दे लग्छु भनेर मलाई समाए, मेरो संबेदनसिल अङग छोएर गाडी भित्रै जबरजस्ती करणी गर्न खोजे, मैले चिच्याउदै पछाडि बसिरहेकी मृतक रेजीना र बिनितालाई चिच्याउदै ढोका खोल्न आग्रह गरे,उनले गाडीको भित्रबाट लक गरिएको थियो, मृतक रेजिना र बिनिता पछाडिबाट आएर अगाडीको सिटको ढोका खोलेर म र कवितालाई बाहिर निकालिन म बाहिर आएर हामी भाग्यौ उनले सुनाईन । बुवाको उमेरको मान्छेले यस्तो गर्लान् भन्ने नसोचेको बताईन । झन्डै २५÷३० मिनेट पछी रावतले कविता नेपालीलाई फोन गरेर सल लिन समेत बोलाएको उनले बताईन ।

घर पुगेपछि मलाई फोन गरे, मैले जवाफमा आउँदैन भने, हामी घर पुगेर सुतिसक्यौ, भोलि दिनुहोला, त्यो सल पनि रेजिनाकै हो, उनको घर बिसौनी भन्ने ठाउँमा एक्लै छ, त्यहीँ दिनुहोला भनेर फोन राखेको उनले सुनाईन । रेजिनालाई त्यो मान्छेले बलात्कार गरेको हुनुपर्नै बताउदै उनले पछिल्लो दिन रेजिना घर बाहिर ननिस्केको र हिड्न नसक्ने अवस्था पनि नभएको बताईन । बेलुका नल काट्न संगै गयौं, नल पनि लिन सक्दैनन् भनिन् मैले ल्याईदिए, निकै निराश थिईन, कविता र बिनितासंग भेट नभएर उनी गएको उनले सुनाईन । पछिल्लो दिन उनी झुन्डिएको अवस्थामा भेटिएको उनले सुनाईन ।

सल दिने बाहानामा आएर फेरि बलात्कार गरेर अर्जुन रावतले नै मारेको हुन् सक्ने उनले सुनाइन् । अरुले आत्महत्या गरेको खबर सुन्दा पनि किन मर्छन भनेर प्रश्न गर्ने मान्छे र्भएको बताउदै उनले सबैलाई सम्झाउने गरेको बताईन । मलाई जतिसक्दो बाँच्नु पर्छ भनेर मृतक रेजिनाले भनेको कुरा अहिले पनि सम्झिने गरेको बताउदै, उनले आत्महत्या गरेर मरेकी हुन् भन्ने कुरा कल्पना समेत गर्न नसकिने उनले बताईन । रेजिना घरमा एक्लै भएको सुइँको पाए पछि रावत मौका छोपी घरमा आएर बलात्कार गरीे अरुले थाहा पाउने डरले मारेर झुन्ड्याएको हुन सक्ने उनले बताईन ।

Leave a Reply