प्रदेश विपद् ऐन संशोधन विधेयकमाथि छलफल सुरु

AgniSachi Media:
Pin Share

Agnisachi media

facebook sharing button
twitter sharing button
email sharing button
messenger sharing button
sharethis sharing button

धनगढी- सुदूरपश्चिम प्रदेशको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश सभामा छलफल सुरु गरिएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टको प्रस्तावमा संशोधन विधेयकमाथि सामान्य छलफल गरिएको हो । छलफलमा प्रदेश सभा सदस्यहरु मेघराज खड्का, अक्कलबहादुर रावल, धर्मराज पाठक र टीका थापाले भाग लिएका थिए ।

उनीहरुले सुदूरपश्चिमले प्राकृतिक विपद् भोग्दैआएको र अझै पनि ठुलो विपद्को जोखिम रहेकाले जोखिम न्यूनीकरणका लागि ऐन बन्न आवश्यक रहेको औंल्याए । देश सरकारले पूर्व तयारीमा ध्यान दिन जरुरी रहेको उनीहरुको भनाइ छ ।

छलफलको क्रममा उठेको विषयमा जवाफ दिनुहुँदै मन्त्री भट्टले संघले विपद्सम्बन्धी ऐन संशोधन गरिसकेकाले ऐनमा एकरुपता ल्याउन संशोधन विधेयक ल्याएको बताए ।

उनले राहत वितरण प्रक्रियामा पनि फरक देखिएकाले त्यसमा समानता कायमका लागि ऐन संशोधन गर्न लागेका बताए । प्रदेश सभाको अर्को बैठक माघ १६ गते दिउँसो २ बजे बोलाइएको छ ।

Leave a Reply