भीमदत्त-६ मा वडा सदस्य जोशी कार्य वाहक वडा अध्यक्ष

AgniSachi Media:
Pin Share

facebook sharing button
twitter sharing button
email sharing button
messenger sharing button
sharethis sharing button

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा वडा सदस्य देवकी जोशीलाई कार्य वाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि वडा सदस्य जोशीलाई कार्य वाहकको जिम्मेवारी दिइएको हो । वडाध्यक्ष खड्काको गत पुस २६ गते निधन भएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वडाध्यक्ष रिक्त भए वडा सदस्यबिच छलफल गरी कार्य वाहक जिम्मेवारी दिन सकिने व्यवस्था छ । निर्वाचन आयोगले ६ महिनाभित्र वडाध्यक्षको चुनाव गराउनु पर्ने छ । वडा निर्वाचनसम्म जोशी कार्य वाहक हुने छन् ।

Leave a Reply